logo

२०८३ साउन १३ बुधबार

‘होम्स इन्स्टिच्युट नेपाल एलुम्नाई मञ्च’ स्थापना: वैदेशिक ज्ञान र सीपलाई देश विकासमा लगाउने प्रतिबद्धता

‘होम्स इन्स्टिच्युट नेपाल एलुम्नाई मञ्च’ स्थापना: वैदेशिक ज्ञान र सीपलाई देश विकासमा लगाउने प्रतिबद्धता


हाम्रो राष्ट्र
  • सोमबार, १ असार २०८३
  • 715
    SHARES

    काठमाडौँ, “शिक्षाको कुनै निश्चित धर्म, क्षेत्र, जात, भाषा, वर्ग वा सिमा हुँदैन” भन्ने विश्वव्यापी मानवीय मान्यतालाई आत्मसात गर्दै अष्ट्रेलियाको प्रतिष्ठित शिक्षण संस्था होम्स इन्स्टिच्युट (Holmes Institute, Australia) ले नेपालमा पहिलो पटक औपचारिक रूपमा “होम्स इन्स्टिच्युट नेपाल एलुम्नाई (पूर्व-विद्यार्थी) मञ्च” को स्थापना गरेको छ।

    शुक्रबार राजधानीको ठमेलस्थित होटल अलोफ्टमा आयोजित एक भव्य र गरिमामय समारोहका बीच “होम्स इन्स्टिच्युट अष्ट्रेलिया नेपाल एलुम्नाई एण्ड पार्टनर्स मिट २०२६” सम्पन्न भएको हो। वैदेशिक अध्ययन पूरा गरी स्वदेश फर्किएका दक्ष नेपाली युवाहरूको आपसी पहिचान, व्यावसायिक सञ्जाल (Networking) र आत्मीय सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

    दिग्गज व्यक्तित्वहरूको उपस्थिति र मन्थन

    कार्यक्रममा नेपालको शैक्षिक क्षेत्र, नीति निर्माण र वैदेशिक शैक्षिक परामर्श क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा अष्ट्रेलियन एलुम्नाई एशोसिएशन अफ नेपाल (ANAA) का निर्देशक अनन्त पौडेलको विशेष उपस्थिति रहेको थियो।

    त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ (ECAN) का निवर्तमान अध्यक्ष (IPP) शेषराज भट्टराई, स्वतन्त्र शैक्षिक परामर्श संघ (FECON) का निवर्तमान अध्यक्ष राजु निरौला तथा FECE नेपालका अध्यक्ष राजेन्द्र बराल लगायतका विशिष्ट अतिथिहरूको सहभागिता थियो।

    समारोहमा उपस्थित अतिथि, पूर्व-विद्यार्थी तथा सरोकारवालाहरूलाई होम्स इन्स्टिच्युट अष्ट्रेलियाका इन्टरनेशनल स्टुडेन्ट्स रिक्रुटमेन्ट डाएरेक्टर इन्द्र अधिकारीले हार्दिक स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा निर्देशक अधिकारीले नेपाली विद्यार्थीहरूले अष्ट्रेलियामा आर्जन गरेको उच्च शिक्षा, आधुनिक सीप र पुँजीलाई अब नेपालको सकारात्मक सामाजिक एवं आर्थिक रूपान्तरणमा सदुपयोग गर्ने बेला आएको र यसका लागि यो मञ्चले सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

    व्यावसायिक सञ्जाल र अन्तर्क्रिया

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा पूर्व-विद्यार्थी (Alumni), व्यावसायिक साझेदार (Partners) र शैक्षिक क्षेत्रका विज्ञहरू बीचको बृहत् अन्तर्क्रिया (Interaction Session) रहेको थियो। अन्तर्क्रियामा सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव र प्रविधिलाई नेपाली माटो सुहाउँदो डङ्गले कसरी व्यावसायिक रूपमा प्रयोग गर्न सकिन्छ र जन्मभूमिलाई नै कर्मभूमि बनाएर मुलुकको समृद्धिमा कसरी अनवरत योगदान दिन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूले आ-आफ्नो धारणा र मार्गचित्र प्रस्तुत गरेका थिए।

    होम्स इन्स्टिच्युट ग्रुप (Holmes Institute Group) को संक्षिप्त

    होम्स इन्स्टिच्युट अष्ट्रेलियाको बहु-प्रतिष्ठित र अग्रणी शैक्षिक संस्थाहरू मध्ये एक हो। सन् १९६३ मा स्थापना भएको यस संस्थाको इतिहास ६ दशकभन्दा लामो र गौरवशाली रहेको छ। गुणस्तरीय व्यावसायिक शिक्षा र बजारमुखी पाठ्यक्रमका कारण यो संस्था विश्वभरका विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ।

    यस इन्स्टिच्युटको सञ्जाल अष्ट्रेलियाका प्रमुख व्यावसायिक सहरहरू मेलबर्न, सिड्नी, ब्रिसबेन, एडिलेड र गोल्ड कोस्टमा फैलिएको छ। आधुनिक पूर्वाधार र विश्वस्तरीय संकाय (Faculty) का कारण होम्स इन्स्टिच्युटले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक र उद्योग-केन्द्रित सीप प्रदान गर्दै आएको छ।

    होम्स इन्स्टिच्युटले मुख्य गरी व्यावसायिक शिक्षा र उच्च शिक्षा (Higher Education) का क्षेत्रमा विभिन्न संकायहरू सञ्चालन गर्दछ। यस अन्तर्गत म्यानेजमेन्ट, मार्केटिङ, अकाउन्टिङ, सूचना प्रविधि (IT) र हस्पिटालिटी जस्ता समयसापेक्ष र बढी माग भएका विधाहरूमा डिप्लोमादेखि स्नातकोत्तर (Masters) तहसम्मका गुणस्तरीय कार्यक्रमहरू उपलब्ध छन्।

    गन्तव्य मुलुकको परिमार्जित श्रम बजार र विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति तयार पार्नु यस ग्रुपको मुख्य विशेषता हो। बहुसांस्कृतिक वातावरणमा संसारभरका हजारौँ विद्यार्थीहरूलाई दीक्षित गरिसकेको यस इन्स्टिच्युटले विद्यार्थीहरूको वृत्तिविकास र व्यावसायिक भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

    नेपालमा पहिलो पटक औपचारिक रूपमा एलुम्नाई मञ्चको गठन गरेर होम्स इन्स्टिच्युटले आफ्ना पूर्व-विद्यार्थीहरूसँगको सम्बन्धलाई जीवनभर कायम राख्ने र उनीहरूको व्यावसायिक सफलतामा टेवा पुर्‍याउने नयाँ आयामको सुरुवात गरेको छ। यो कदमले नेपालको शैक्षिक र व्यावसायिक क्षेत्रमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend