प्लानेट एजुकेशन ग्लोबलद्वारा आयोजित विशेष शैक्षिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम प्लानेट एजुकेशन इन्टिच्यूसन पाट्नरस् मीट शिक्षा परामर्शदाता, विभिन्न विश्वविद्यालयका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्लानेट एजुकेशन ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री गगन सिंह ले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले उक्त कार्यक्रमले शैक्षिक संस्था, शिक्षा परामर्शदाता तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। साथै, प्लानेट एजुकेशन ग्लोबलले विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा पहुँच दिलाउन निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरी, प्लानेट एजुकेशन नेपालका क्षेत्रीय निर्देशक (Regional Director Nepal) श्री डेभिड शाक्य ले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षा परामर्शदाता, विश्वविद्यालय प्रतिनिधि, अतिथि तथा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले सबैको सक्रिय सहभागिता र सहयोगका कारण कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न शिक्षा परामर्शदाता तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले उच्च शिक्षाका अवसर, विद्यार्थी सहायता सेवा तथा विश्वव्यापी शैक्षिक सम्भावनाका विषयमा जानकारी आदान–प्रदान गरेका थिए।
प्लानेट एजुकेशन ग्लोबल अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा अग्रणी शैक्षिक परामर्श संस्था हो। यस संस्थाले विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै विद्यार्थीहरूलाई अध्ययन परामर्श, भर्ना सहायता, करियर मार्गदर्शन तथा अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूमा पहुँच प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend