logo

२०८३ असोज ७ बुधबार

मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ९ चैत्र २०७९
  • 1.1K
    SHARES

    मेरिल्याण्डमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनामा कारमा सवार सबै ६ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।

    सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो । उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

    गम्भीर घाइते भएका चालकलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend