logo

२०८३ असोज ६ मंगलबार

राइटपाथ करियर काउन्सेलिङद्वारा ‘बीटुबी एजेन्ट मिट २०२६’ सम्पन्न

राइटपाथ करियर काउन्सेलिङद्वारा ‘बीटुबी एजेन्ट मिट २०२६’ सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, १ भाद्र २०८३
  • 1.7K
    SHARES

    काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले नेपालका शैक्षिक परामर्शदाता तथा स्टडी अब्रड रिक्रुटमेन्ट एजेन्टहरूलाई लक्षित गर्दै ‘B2B Agent Meet 2026’ आयोजना गरेको छ।

    कार्यक्रममा AAS College of Applied Arts Studies, Greece र Advenio eAcademy, Malta का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    काठमाडौंको दरबारमार्गस्थित Organic Lounge & Club मा शुक्रबार, १४ अगस्ट २०२६ मा आयोजित कार्यक्रममा विभिन्न शैक्षिक परामर्श संस्थाका प्रतिनिधि तथा काउन्सेलरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा Advenio eAcademy (AEA) Malta का Head of International Recruitment, Shahria Mahasin Shawn र Senior Lecturer in BA Graphic Design, Michael Mytaras ले संस्थाका शैक्षिक कार्यक्रम, अध्ययनका अवसर तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सम्भावनाबारे जानकारी दिएका थिए।

    कार्यक्रममार्फत नेपालबाट ग्रीस र माल्टामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि उपलब्ध शैक्षिक विकल्प, संस्थागत सहकार्य तथा विद्यार्थी भर्नासम्बन्धी प्रक्रियाबारे जानकारी आदानप्रदान गरिएको थियो।

    राइटपाथ करियर काउन्सेलिङ AAS College of Applied Arts Studies, Greece तथा Advenio eAcademy, Malta को नेपालका लागि Exclusive Authorized Partner का रूपमा रहेको छ। कार्यक्रममा राइटपाथका तर्फबाट Regional Manager – Admissions & Visa Processing Trishna Bhattachan लगायतको सहभागिता रहेको थियो। स्टडी अब्रड क्षेत्रमा नयाँ गन्तव्य र शैक्षिक संस्थासँगको सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले नेपालका एजेन्ट तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच प्रत्यक्ष संवाद र नेटवर्किङका लागि अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend