logo

२०८३ असोज ६ मंगलबार

हब इन्टरनेसनल र बेनेट युनिभर्सिटीद्वारा काठमाडौँमा ‘एजेन्ट इन्फर्मेसन सेसन’ सम्पन्न

हब इन्टरनेसनल र बेनेट युनिभर्सिटीद्वारा काठमाडौँमा ‘एजेन्ट इन्फर्मेसन सेसन’ सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ भाद्र २०८३
  • 962
    SHARES

    काठमाडौँ, हब इन्टरनेसनल एजुकेसनले टाइम्स ग्रुप, भारतद्वारा सञ्चालित बेनेट युनिभर्सिटीसँगको सहकार्यमा काठमाडौँमा विशेष ‘एजेन्ट इन्फर्मेसन सेसन’ आयोजना गरेको छ। कार्यक्रममा शैक्षिक परामर्शदाताहरूलाई नेपाली विद्यार्थीका लागि भारतमा उपलब्ध विश्वस्तरीय उच्च शिक्षा र करियरका अवसरहरूबारे जानकारी गराइएको थियो।

    कार्यक्रमका प्रमुख वक्ता बेनेट युनिभर्सिटीका चिफ मार्केटिङ म्यानेजर सौरभ चौधरीले युनिभर्सिटीले ‘ल्यान्डमार्क’ मान्यता प्राप्त गरेको उल्लेख गर्दै उच्च स्तरको वार्षिक प्लेसमेन्ट (रोजगारी) र आकर्षक तलब सुविधाबारे प्रकाश पार्नुभयो। उहाँले विश्वविद्यालयको बलियो कर्पोरेट सम्बन्ध र ‘टाइम्स ग्रुप’को लिगेसीले विद्यार्थीहरूलाई उत्कृष्ट इन्टर्नसिप र वार्षिक करोडौँसम्मको रोजगारीको अवसर सुनिश्चित गरेको बताउनुभयो।

    त्यसैगरी, हब इन्टरनेसनल एजुकेसनका अध्यक्ष डा. उद्धव खड्काले सन् २०१० देखि संस्थाले ‘स्टडी इन इन्डिया’ (भारतमा अध्ययन) अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै नेपाली विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्दै आएको बताउनुभयो।

    हब इन्टरनेसनलका इन्डिया डिपार्टमेन्ट हेड इन्जिनियर ग्रीष्म भट्टले बेनेट युनिभर्सिटीका इन्जिनियरिङ, व्यवस्थापन, कानुन, र मिडिया जस्ता आधुनिक पाठ्यक्रमहरूबारे विस्तृत जानकारी दिँदै हबमार्फत आवेदन दिँदा भर्ना प्रक्रिया, योग्यता मूल्यांकन र परामर्श सहज हुने धारणा राख्नुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend