logo

२०८३ असोज ६ मंगलबार

नेपालको बाढीपहिरोपछि बंगलादेशद्वारा ऐक्यबद्धता प्रकट, बंगलादेशी नागरिक सुरक्षित

नेपालको बाढीपहिरोपछि बंगलादेशद्वारा ऐक्यबद्धता प्रकट, बंगलादेशी नागरिक सुरक्षित


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ भाद्र २०८३
  • 767
    SHARES

    काठमाडौँ / ढाका — काठमाडौँस्थित बंगलादेशी दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग निरन्तर सम्पर्कमा रही बाढीपछिको अवस्था र पछिल्ला घटनाक्रमको नजिकबाट अनुगमन गरिरहेको छ। दूतावासका अनुसार यस प्राकृतिक विपत्तिमा हालसम्म कुनै पनि बंगलादेशी नागरिकको मृत्यु वा घाइते भएको विवरण प्राप्त भएको छैन।

    काठमाडौँ-पोखरा राजमार्गमा अस्थायी रूपमा सडक अवरुद्ध हुँदा केही बंगलादेशी यात्रुहरू अलपत्र परेका भए तापनि उनीहरू सुरक्षित रूपमा आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।

    यसैबीच, बंगलादेश सरकारले नेपाल सरकार तथा यहाँका धैर्यवान् जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरेको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानका तर्फबाट शोक सन्देश हस्तान्तरण गर्दै दूतावासले बाढीपीडितका लागि राहत सामग्रीसहित जुनसुकै आवश्यक सहयोग उपलब्ध गराउन बंगलादेश तयार रहेको प्रतिबद्धता जनाएको छ।

    दुई देशबीचको प्रगाढ र सौहार्दपूर्ण सम्बन्धलाई प्रष्ट पार्दै बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमान र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच टेलिफोन वार्ता समेत भएको छ। कुराकानीका क्रममा बंगलादेशी परराष्ट्रमन्त्रीले बाढीपहिरोले पुऱ्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो भने परराष्ट्रमन्त्री खनालले बंगलादेशले दर्शाएको सद्भाव र सहयोगको प्रस्तावप्रति आभार प्रकट गर्नुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend