logo

२०८३ भाद्र १७ बुधबार

माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा कक्षा ८ को ‘द क्लास डे’ भव्य रूपमा सम्पन्न

माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा कक्षा ८ को ‘द क्लास डे’ भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, १६ भाद्र २०८३
  • 273
    SHARES

    कुसुन्ती, ललितपुर — ललितपुरको कुसुन्तीस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा कक्षा ८ का विद्यार्थीहरूका लागि आयोजित ‘द क्लास डे’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको बहुउद्देश्यीय हलमा भदौ १५, २०८३ (३१ अगस्ट २०२६, सोमबार) दिउँसो ४:०० बजे आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्रतिभा, क्षमता र मेहनत प्रदर्शन गरेका थिए।

    कार्यक्रमको शुभारम्भ उद्घोषकको सञ्चालन, आसनग्रहण तथा राष्ट्रिय गानका साथ भएको थियो। त्यसपछि विद्यालयका प्रिन्सिपल होमनाथ आचार्य र स्कूल कोअर्डिनेटर श्री रवीन्द्र घिमिरेले संयुक्त रूपमा तुलसीको बोटमा जल अर्पण गरी कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गायन, नृत्य, सांगीतिक तथा खेलकुद प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। विद्यार्थीहरूले मर्सिडिज बेन्ज धुनको अर्क्रेस्ट्रा, घर हाम्रो नेपाल बोलको स्वागत नृत्य, खसेका तारा ब्यान्ड प्रस्तुति र सधैँ सधैँ गायनसहितको लाइभ म्युजिक प्रस्तुत गरेका थिए। साथै, जिम्न्यास्टिक्स, तेक्वान्दो प्रदर्शन, टप्पा नृत्य (सिरु बारानीले), काठको घुर्रा, हाउ यु लाइक द्याट आधुनिक नृत्य, कला प्रदर्शनी तथा सांस्कृतिक विविधता झल्किने थिम शो प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा प्रिन्सिपल, स्कूल कोअर्डिनेटर र विभागीय प्रमुख (HOD) हरूले उपस्थित भई विद्यार्थीहरूलाई निरन्तर प्रेरणा प्रदान गर्नुभएको थियो। प्रिन्सिपल होमनाथ आचार्यले आफ्नो सम्बोधनका क्रममा विद्यार्थीहरूको प्रयास र प्रतिभाको प्रशंसा गर्दै कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    कार्यक्रमको समापन पश्चात् सम्पूर्ण अतिथि तथा सहभागीहरूका लागि रात्रिभोजको व्यवस्था गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend