logo

२०८३ असोज ७ बुधबार

बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.2K
    SHARES

    अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।

    शाही अधिकारीहरूले चाल्र्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतिक्षामा रहेको’ बताएका छन् ।

    बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कुटनीतिक अधिकारीहरूले म्याक्रोंविरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुुपर्ने बताएका थिए ।

    महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि राजा चाल्र्स र उहाँकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend