logo

२०८३ साउन १४ बिहिबार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।

    नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३औँ स्थानमा थियो ।

    एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ । आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत छ भने जर्मनी दोस्रो तथा स्वीडेन तेस्रो स्थानमा छ ।

    इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छ्न । नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend