logo

२०८३ साउन १४ बिहिबार

नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1K
    SHARES

    नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बताएका छन् ।

    “देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,” प्रवक्ता मुसा दानमदामीले भने ।

    उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका पाँच जनालाई सेनाले मुक्त गरेको र करिब २८ जना डाँकुलाई पक्राउ गरिएको दानमादामीले पुष्टि गरे ।

    देशको उत्तरपश्चिमी भागमा सरकारी सेनाले अपराधीहरूको घेरा सफा गर्ने क्रममा कम्तीमा १४ जना डाँकुहरूको हत्या गरेको र १६ जना अपहृत नागरिकहरूको उद्धार गरेको उनले बताए ।

    सेनाको अभियानलाई ‘प्रशंसनीय र सफल’ भन्दै दानमादामीले १५४ वयस्क पुरुष, ५१४ वयस्क महिला र ८३८ बालबालिका गरी कुल एक हजार ५०६ आतङ्ककारी र उनीहरूका परिवारका सदस्यहरूले विभिन्न स्थानमा सरकारी सेनासमक्ष आत्मसमर्पण गरेको बताए ।

    नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमणहरू मुख्य सुरक्षा खतराको रूपमा रहेका छन्, जसका कारण हालैका महिनाहरूमा मृत्यु र अपहरणका घटनाहरू बढेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend