logo

२०८३ असोज ७ बुधबार

सिरियामा इजरायलले गरेको आक्रमणप्रति राष्ट्रसङ्घ महासचिव चिन्तित

सिरियामा इजरायलले गरेको आक्रमणप्रति राष्ट्रसङ्घ महासचिव चिन्तित


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1K
    SHARES

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको अलेप्पो विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् ।

    अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणका कारण संयुक्त राष्ट्रसङ्घीय मानवीय वायु सेवाको एउटा उडान रद्द गरिएको र विमानस्थलमा भएको भौतिक क्षतिप्रति राष्ट्रसङ्घका महासचिव चिन्ता व्यक्त गरेका हुन् ।

    महासचिवले सबै पक्षलाई लागू हुने गरी अन्तर्राष्ट्रिय मानवीय कानूनलगायत अन्तर्राष्ट्रिय कानूनअन्तर्गत आ–आफ्नो दायित्वको सम्मान गर्न सचेत गराएका छन् ।

    उनले नागरिकलाई हानि पुर्याउन सक्ने र नागरिक पूर्वाधारमा क्षति पु¥याउन सक्ने आक्रमणबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

    यसैबीच सिरियामा भएको ड्रोन आक्रमणमा परी एक अमेरिकीको मृत्यु भएपछि भएको अमेरिकी हवाई आक्रमणमा इरान समर्थित ११ लडाकू मारिएका छन् । उक्त घटनामा अन्य छ जना घाइते भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend