बुटवल । तिलोत्तमा गोल्डकप फुटबलको २२ औं संस्करणको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । रुपन्देहीको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनलमा मनाङले सुदूरपश्चिमलाई पेनाल्टी सूटआउटमा ९–८ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
निरर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो
सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित बनेको थियो ।
उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी, गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend