logo

२०८३ असोज ७ बुधबार

थ्री नेसन्स कपमा लाओस विजयी

थ्री नेसन्स कपमा लाओस विजयी


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत शनिबार भएको खेलमा लाओस विजयी भएको छ । लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिले खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend