logo

२०८३ असोज ७ बुधबार

मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने चीनको घोषणा

मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने चीनको घोषणा


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1.1K
    SHARES

    चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले देशको पर्यटन उद्योगको पुनःउत्थान र विकासलाई बढावा दिने उद्देश्यले मे महिनामा राष्ट्रिय पर्यटन दिवस मनाउने घोषणा गरेको छ ।

    मन्त्रालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय पर्यटन दिवसको अवसरमा आगामी मे महिनाभर देशभर अनलाइन तथा अफलाइन पर्यटन गतिविधि सञ्चालन गरिनेछ ।

    दक्षिण पश्चिम चीनको युन्नान प्रान्तको तेङचोङमा रहेको प्राचीन शहर हेशुनमा महोत्सवको मुख्य स्थान राखिनेछ । पर्यटकीय वस्तुमा मुलुकले हासिल गरेका नवीनतम उपलब्धि प्रस्तुत गर्न मे १९ देखि २१ सम्म नगरमा प्रदर्शनी गरिने मन्त्रालयले जनाएको छ ।

    सूचनामा स्थानीय प्रशासनलाई सांस्कृतिक तथा पर्यटकीय गतिविधिका लागि कार्यक्रम सार्वजनिक गर्ने, वृद्धवृद्धा र अशक्तका लागि प्राथमिकता दिने नीति प्रदान गर्ने, जनकल्याणका लागि कलात्मक प्रस्तुति दिनेलगायत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि कदम चाल्न आह्वान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend