logo

२०८३ साउन १४ बिहिबार

रुसले बेलारुसमा आणविक हतियार राख्ने

रुसले बेलारुसमा आणविक हतियार राख्ने


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 936
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका छन् ।

    युक्रेन युद्धलाई लिएर पश्चिमा मुलुकसँगको तनावपूर्ण सम्बन्ध र रुसी विश्लेषकले सम्भावित आणविक हमलाको सन्दर्भ निकालिरहेका बेला पुटिनले यस्तो घोषणा गरेका हुन् ।

    संयुक्त राज्य अमेरिकाले दशकौँदेखि आफ्नो युरोपेली सहयोगी मुलुकमा आणविक हतियार राखेको भन्दै पुटिनले बेलारुससँगको सम्झौताले आणविक सम्झौताको उल्लंघन समेत नगर्ने बताएका छन् ।

    राज्यद्वारा सञ्चालित टेलिभिजनसँग कुरा गर्दै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नेटो सदस्य पोल्यान्डसँग सीमा जोडिएको आफ्नो देशमा आणविक हतियार राख्ने मु्द्दा लामो समयदेखि उठाउँदै आएको बताए ।

    रुसले मिन्स्क (बेलारुसको राजधानी)लाई वास्तवममै हतियार हस्तान्तरण नगरेको स्पष्ट पारेको छ । आउँदो जुलाई १ सम्म बेलारुसमा आणविक हतियार राख्नका लागि आवश्यक सुविधाको निर्माण गरिसक्ने रुसले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend