logo

२०८३ असोज ७ बुधबार

तिलोत्तमा नगरपालिकाद्वारा क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान

तिलोत्तमा नगरपालिकाद्वारा क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1K
    SHARES

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

    आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई विजयी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल र यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई आइतबार सम्मान गरिएको हो ।

    नगरपालिकाले तीनैजना खेलाडीलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्वकप छनोट खेल्न पाउने भएको छ भने यू–१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् ।

    कार्यक्रममा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे। आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend