logo

२०८३ साउन १४ बिहिबार

साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल रसियासँग पराजित

साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल रसियासँग पराजित


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 884
    SHARES

    काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ ।

    बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा रसियाले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रसियासँग गोलरहित बराबरीमा खेलेको नेपालले दोस्रो हाफमा तीन गोल खायो ।

    रसियाको जितमा एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । खेलको ६३औँ मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलको ७४औँ मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २–० को अग्रता दिलाइन् ।

    त्यसपछि खेलको ८३औँ मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३–० को जित दिलाइन् । यस जितसँगै रसियाले तीन खेलमा ९ अङ्क जोडेको छ ।

    रसिया शीर्ष स्थानमा उक्लिएको छ । यता नेपालको यो दोस्रो हार हो । नेपाल तीन खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

    प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend