logo

२०८३ साउन १४ बिहिबार

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसको घोषणा खतरनाक र गैरजिम्मेवारः नेटो

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसको घोषणा खतरनाक र गैरजिम्मेवारः नेटो


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै यसको निन्दा गरेको छ ।

    नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार भएकोले यसलाई नजिकबाट नियालिरहेको बताएका हुन् । उनले पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन नदेखेको बताए ।

    युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो ।

    उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूस हुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend