logo

२०८३ साउन १५ शुक्रबार

इजरायली रक्षामन्त्री ग्यालेन्ट बर्खास्त 

इजरायली रक्षामन्त्री ग्यालेन्ट बर्खास्त 


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 962
    SHARES

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका छन् ।
    प्रधानमन्त्री नेतान्याहूको कार्यशैली र कदमको विरोध गरेपछि उनलाई बर्खास्त गरिएको हो ।

    राष्ट्रिय सुरक्षा कमजोर पार्ने गरी प्रधानमन्त्री नेतान्याहूले  न्यायप्रणालीमा फेरबदल ल्याउन कानुन अघि सारेको सार्वजनिक कार्यक्रममा ग्यालेन्टले बताएका थिए । सोही अभिव्यक्तिपछि प्रधानमन्त्री नेतान्याहूले उनलाई बर्खास्त गरेका हुन् ।

    रक्षामन्त्री ग्यालेन्टलाई बर्खास्त गरेपछि इजरायलमा सरकारविरुद्ध प्रदर्शन भएको छ । हजारौँ नागरिक सडकमा उत्रिएर प्रधानमन्त्री नेतान्याहूको कदमको विरोध जनाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend