logo

२०८३ असोज ७ बुधबार

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । धेरै दिनपछि शेयर बजार नेप्से सोमवार बढेको छ । सोमबार नेप्से १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको हो ।

    आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार दिउँसो साढे २ बजेदेखि बढ्न थालेको थियो ।

    आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend