logo

२०८३ साउन १४ बिहिबार

इयुको हतियार कोषबाट पोल्याण्डलाई ३० करोड युरो प्राप्त हुने

इयुको हतियार कोषबाट पोल्याण्डलाई ३० करोड युरो प्राप्त हुने


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.2K
    SHARES

    युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।

    सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

    हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend