logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा दोहोरो अंकको बृद्धि

नेप्सेमा दोहोरो अंकको बृद्धि


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । सोमबार झन्डै १८ अङ्कले बढेको शेयर बजार मंगलबार १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । पछिल्ला तीन दिन उच्च अङ्कले घटेको माइक्रोफाइनान्स समूहको शेयर आज उच्च अङ्कले बढेको छ ।

    आज बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend