logo

२०८३ साउन १३ बुधबार

नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा

नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार दशरथ रङ्गशालामा भएको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको हो ।

    त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत् उत्कृष्ट गोल गरेका थिए । अब नेपालले फाइनलमा आगामी शुक्रबार लाओससँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend