logo

२०८३ असोज ७ बुधबार

श्रीलङ्काले हरित अर्थतन्त्र अपनाउने

श्रीलङ्काले हरित अर्थतन्त्र अपनाउने


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.6K
    SHARES

    श्रीलङ्काको ऊर्जा मन्त्रालय र जलवायु परिवर्तन कार्यालयले आगामी दुई महिनाभित्र नवीकरणीय ऊर्जामा हरित आर्थिक नीति लागू गर्ने तयारी गरेको छ ।

    राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले मङ्गलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । श्रीलङ्कासँग नवीकरणीय स्रोतहरू जस्तै सौर्य, वायु, बायोगास र समुद्री छालहरू मार्फत ऊर्जा उत्पादन गर्ने ठूलो सम्भावना छ ।

    राष्ट्रपति रानिल विक्रमासिङ्घेले हरित अर्थतन्त्रमा परिणत हुनु नै श्रीलङ्काको बलियो अर्थतन्त्र निर्माणको आधार हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।

    हरित आर्थिक नीति दीर्घकालीन पहल हो जसका लागि कानुनी आधार चाहिने भन्दै राष्ट्रपतिले नयाँ नीतिमा समायोजन गर्नका लागि तुरुन्तै कानून पारित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend