logo

२०८३ साउन १३ बुधबार

कोरोनाका कारण विश्वमा ८० लाखभन्दा बढी बालबालिकाले अभिभावक गुमाए

कोरोनाका कारण विश्वमा ८० लाखभन्दा बढी बालबालिकाले अभिभावक गुमाए


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.3K
    SHARES

    कोभिडबाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिडलाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा असी लाख भन्दाबढी बालबालिका अनाथ भएका जनाएको छ ।

    कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुव्र्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवम् मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा चुनौती थपेको बताएको छ ।

    कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी ६ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ । न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हरेचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend