काठमाडौं, । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ।
यसअघि मंगलबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोहीदिन नेप्से परिसूचक नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा बुधबार कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ भने ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा एनआइसि एशिया शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
बुधबार सानिमा माइ हाइड्रोपावर दोश्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड ३२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
बुधबार १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ ।
आजको सुपरमाइ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend