logo

२०८३ साउन १३ बुधबार

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार १०.८७ प्रतिशतले घटेको छ ।

    बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।

    यसअघि बुधबारको कारोबारमा सेयर बजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो  ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा ४९ कम्पनीमा वृद्धि भएको छ । १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थिर रहेको छ ।

    कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । हिमालय डिस्टिलरी दोस्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

    सोमबार १३ उपसूचकहरू मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ ।

    आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend