logo

२०८३ साउन १५ शुक्रबार

रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने

रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.5K
    SHARES

    रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ ।

    रूसले युक्रेन आक्रमणको सुरुवातदेखि नै रूसलाई बहिष्कृत गर्दै आएको ‘सामूहिक पश्चिमा’ ले संयुक्त राष्ट्रसङ्घमा यसको सामना गर्नुपरेको बारम्बार बताउँदै आएको छ ।

    युक्रेनले गत वर्षको फेब्रुअरीमा सुरु भएको सैन्य कारबाहीलाई लिएर रूसलाई सुरक्षा परिषद्बाट हटाउन माग गरेको थियो ।

    रूसले पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा परिषद्को अध्यक्षता गरेको थियो ।

    “रूसी अध्यक्षतामा हुने सुरक्षा परिषद्को महत्वपूर्ण कार्यक्रममा ‘संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूको रक्षामार्फत् प्रभावकारी बहुपक्षीयता’ माथि उच्चस्तरीय खुला बहस हुनेछ,” मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने ।

    “यो बैठकको अध्यक्षता रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले गर्नुहुनेछ,” उनले भने ।

    जाखारोभाले लाभरोभले अप्रिल २५ मा मध्यपूर्वको अवस्थाबारे बहसको नेतृत्व गर्ने योजना बनाएको पनि बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend