logo

२०८३ साउन १४ बिहिबार

कंगोका शरणार्थीको खाद्यान्न सहायतामा आधा कटौती

कंगोका शरणार्थीको खाद्यान्न सहायतामा आधा कटौती


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.1K
    SHARES

    विश्व खाद्य कार्यक्रम डब्लुएफपीले पूर्वी कङ्गोको हिंसाबाट भागेर आएका कङ्गोली नागरिक रहेको बुरुन्डीस्थित शरणार्थीका लागि अप्रिल १ देखि खाद्यान्न सहायता रासन आधा कटौती गर्ने घोषणा गरेको छ ।

    डब्लुएफपीले करिब ५६ हजार कङ्गोली शरणार्थीहरूले बुरुन्डीका पाँच शिविरहरूमा आवश्यक पर्ने खाद्यान्नको आधा मात्र सहयोग जाने बताएको हो । कार्यक्रमका अनुसार ग्रेट लेक्स क्षेत्रमा रहेको भूपरिवेष्ठित अफ्रिकी मुलुकमा युएनएचसीआरले हाल करिब ८५ हजार शरणार्थी र शरणार्थीलाई आश्रय दिइरहेको छ ।

    अधिकांश शरणार्थी छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट आएका छन्, जुन देशको पूर्वी भाग विद्रोहको चपेटामा छ । डब्लुएफपीका अनुसार अहिलेसम्म उसले प्रत्येक शरणार्थीलाई दैनिक दुई हजार १०० किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न शून्य दशमलव ५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ ।

    युक्रेनमा जारी युद्धका कारण डब्लुएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ । यसका कारण डब्लुएफपीले बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend