logo

२०८३ साउन १४ बिहिबार

ऊर्जा मूल्य घट्दा जर्मनी र स्पेनमा मुद्रास्फीतिमा कमी

ऊर्जा मूल्य घट्दा जर्मनी र स्पेनमा मुद्रास्फीतिमा कमी


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.2K
    SHARES

    ऊर्जाको मूल्यमा गिरावट आउँदा जर्मनी र स्पेनमा मुद्रास्फीतिमा कमी आएको ती मुलुकको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा मार्चमहिनामा मूल्य वृद्धिदर ७.४ प्रतिशतमा झरेको सङ्घीय तथ्याङ्क निकाय (डेस्टाटिस)को प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

    जनवरी र फेब्रुअरीमा जर्मनीको मुद्रास्फीति दर ८.७ प्रतिशतमा स्थिर रहेको थियो ।

    डेस्टाटिसले भनेको छ, “ती महिनामा खाद्य पदार्थको मूल्यमा ‘औसतभन्दा माथिको वृद्धि’ देखाइए तापनि मार्च २०२२ को तुलनामा ऊर्जाको मूल्यमा वृद्धि ‘धेरै सुस्त’ भएको थियो ।रूसले युक्रेनमा आक्रमण गर्दा ऊर्जा लागत बढेको थियो ।”

    वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले मुद्रास्फीतिमा ७.३ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

    ग्यास र बिजुलीको मूल्यमा आएको गिरावटले मार्चमा स्पेनी मुद्रास्फीतिमा अझ बलियो प्रभाव पारेको थियो ।

    राष्ट्रिय तथ्याङ्क कार्यालय आईएनईको प्रारम्भिक तथ्याङ्कअनुसार देशको प्रमुख मुद्रास्फीति फेब्रुअरीमा छ प्रतिशतबाट घटेर ३.३ प्रतिशतमा झरेको छ ।

    आईएनजीका अर्थशास्त्री वाउटर थिएरीले भने, “पछिल्लो तथ्याङ्कले देखाएअनुसार उच्च उपभोक्ता मूल्यमा ऊर्जाको उच्च मूल्य बिस्तारै कमजोर हुन थालेको छ ।

    यसबाहेक, हालका महिनाहरूमा विश्वव्यापी आपूर्ति शृङ्खलामा दबाब महामारी पूर्वको स्तरमा अझ कम भएको छ, जसले मुद्रास्फीतिलाई पनि कम गरिरहेको छ ।

    युरो क्षेत्रमा मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि छ, बैंकले ब्याज दरहरु बढाउने अपेक्षा गरिएको छ ।

    तथापि, विशेष गरी बैंकिंग क्षेत्रमा हालैको उथलपुथलले अर्थव्यवस्थामा उच्च उधारो लागतको पीडालाई उजागर गरेपछि ईसीबीको अर्को दर वृद्धिको आकार अस्पष्ट बनेको छ ।

    “आगामी महिनाहरूमा, ऊर्जाको मूल्यको प्रभावका कारण मुद्रास्फीति दर केही हदसम्म कम हुने सम्भावना छ, तर गैर–ऊर्जा वस्तुहरूमा मूल्य दबाव सम्भवतः जारी रहनेछ,” एलबीबीडब्ल्यू अर्थशास्त्री जीन–ओलिभर निकोलसले भने ।

    उनले भने, “जर्मनीको मुद्रास्फीति दर वर्षको अन्त्यसम्ममा दशमलव बिन्दुको अगाडिको बढीमा तीन अङ्कमा हुनेमा हामी आशावादी छौँ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend