logo

२०८३ साउन १३ बुधबार

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । बिमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो ।

    यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

    बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

    साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend