logo

२०८३ साउन १३ बुधबार

समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौंः अर्थमन्त्री महत

समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौंः अर्थमन्त्री महत


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 4.9K
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. महतले समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

    उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ।’

    अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । उनले साधारण खर्च कटौती गर्ने र प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए । अर्थमन्त्री महतले लगानी भित्राएर राजस्वको दायरा बढाउने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend