logo

२०८३ साउन १५ शुक्रबार

‘थ्री नेसन्स’ कपको उपाधि नेपाललाई

‘थ्री नेसन्स’ कपको उपाधि नेपाललाई


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 923
    SHARES

    काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपको उपाधि जितेको छ । फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

    निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend