logo

२०८३ साउन १४ बिहिबार

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 1.8K
    SHARES

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लख रुपैयाँमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन् । गाउँपालिकाको ११ लाख, पूर्वाधार कार्यालयको पाँच लाख र २ को वडा कार्यालयबाट पाँच लाख गरी २१ लाखको आर्थिक सहयोगमा कर्भड हल निर्माण भएको हो ।

    गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।

    कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend