logo

२०८३ साउन १५ शुक्रबार

टर्कीका भूकम्प पीडितका लागि २६ करोड डलर सहायता जुट्यो

टर्कीका भूकम्प पीडितका लागि २६ करोड डलर सहायता जुट्यो


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 1.4K
    SHARES

    टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको जनाएको छ । टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ ।

    गत फेब्रुअरी ६ मा गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपीलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन् ।

    जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताए । गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपील गरेको थियो । संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसङ्घको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend