logo

२०८३ साउन १३ बुधबार

रसुवागढी नाकाबाट तीन वर्षपछि दुईतर्फी मानव आवागमन खुला

रसुवागढी नाकाबाट तीन वर्षपछि दुईतर्फी मानव आवागमन खुला


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका तीनवर्षपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

    कोभिडका कारण २०७६ चैत ११ गतेदेखि पूर्णरुपमा संचालनमा आएको थिएन । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। शनिबार रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई चिनियाँ पक्षले स्वागत गरेको छ ।

    नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। श्निबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ ।

    केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ। नाका खुलेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले भनेको छ , ‘रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको छ । रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई हार्दिक स्वागत गरेको छ ! यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने हामी विश्वास लिएका छौं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend