logo

२०८३ साउन १५ शुक्रबार

कराँचीमा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराँचीमा भएको भागदौडमा नौ महिलाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 1K
    SHARES

    कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।

    निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

    कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend