logo

२०८३ साउन १३ बुधबार

आईएमएफ ऋण सुविधाको उपयोगबारे अनुगमन गर्न श्रीलंका सरकारद्वारा समिति गठन

आईएमएफ ऋण सुविधाको उपयोगबारे अनुगमन गर्न श्रीलंका सरकारद्वारा समिति गठन


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 923
    SHARES

    श्रीलङ्काकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले उपलब्ध गराएको ऋण सुविधाको श्रीलङ्काको उपयोगबारे अनुगमन गर्न एक समिति गठन गरेको छ ।

    श्रीलङ्काकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा समिति गठन गरिएको हो । सन्डे अब्जर्भरका अनुसार समितिमा राष्ट्रपतिका चिफ अफ स्टाफ सगला रत्नायका, ट्रेजरी सेक्रेटरी महिन्दा सिरिवर्दना, केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घे र विज्ञहरुको समूह रहेका छन् ।

    समितिको मुख्य जिम्मेवारी आईएमएफ प्रक्रियाको नियमित अनुगमन गर्नु र करको प्रतिशतमा परिवर्तन र अप्रत्यक्ष कर घटाउँदै प्रत्यक्ष कर बढाउने सम्भावनासहित कर नीतिहरूको परीक्षण गर्नु हो ।

    यसका साथै समितिले आईएमएफका शर्तहरु प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको निर्देशनमा समितिले भ्रष्टाचार निवारण ऐनजस्ता अध्यादेशलगायतका महत्वपूर्ण विषयमा महिनामा एकपटक मन्त्रिपरिषद्लाई प्रतिवेदन दिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend