काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित हासिल गरेको छ । कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेको खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को फराकिलो जीत हासिल गरेको हो ।
सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोले रियलको जीतका लागि खाता खोलेका थिए । त्यसपछि कप्तान बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा निरन्तर गोल गरेर कप्तान बेन्जेमाले ह्याट्रिक गरेर पहिलो हाफमा नै ४–० को अन्तरले खेललाई अघि बढाए । यो हयाट्रिक उनले ८ मिनेटको अन्तरमा गरेका थिए ।
त्यसैगरी दोस्रो हाफको ६५औं मिनेटमा रोड्रिगोले गरेको गोलले भिएआर रेकर्डबाट मान्यता नपाए पनि ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार र ठुलो अन्तरको जित दिलाए ।
सो जीतसँगै रियलको २७ खेलबाट ५९ अंक बटुलेको छ भने पराजित रियल भालाडोलिड २८ अंक जोडेर रेलिगेसनको १६औं स्थानमा छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend