logo

२०८३ साउन १३ बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 962
    SHARES

    काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफराक गर्ने निर्णय गरेको हो ।

    धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी लिन आग्रह गर्दै आएको थियो । फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड रकम भुक्तानी गर्न बाँकी रहेको र यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माण अलपत्र परेको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend