logo

२०८३ असोज ७ बुधबार

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एसियन डेभलपमेन्ट आउटलुकको अप्रिल सिरिज सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो । एडीबीले आउँदो वर्ष भने ५ प्रतिशत अर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।

    पछिल्लो समय बजार सुस्त रहेका कारण आर्थिक क्रियाकलाप खुम्चेको एडीबीले जनाएको छ । नेपालले पछिल्लो समय बढाउँदै गरेको आन्तरिक बाह्य ऋण समेत चिन्ताजनक भएको एडीबीको टिप्पणी छ ।

    एडीबीले सन् २०२३ मा मुद्रास्फीति ७.४ प्रतिशत रहने बताएको छ । दक्षिण एसियाली मुलुकमध्ये यसवर्ष श्रीलंकाको आर्थिक वृद्धिदर नकारात्मक रहने छ भने अन्य सबै देशको सकारात्मक रहने प्रक्षेपण एडीबीको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend