logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा ५ अंकको गिरावट

नेप्सेमा ५ अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । साताको तेस्रो दिन मङ्गलबार पनि शेयर नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ५.२० अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ६८ विन्दुमा झरेको छ ।

    मंगलबार माइक्रोफाइनान्स, जलविद्युत्, होटल, फाइनान्स, विकास बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

    बजारसँगै दिनदिनै कारोबार रकम पनि घटिरहेको छ । कुनै बेला दैनिक २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँको पनि कारोबार हुन छाडेको छ । आज दुई सय ६४ वटा कम्पनीका २९ लाख ७१ हजार कित्ता शेयर ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ३६ लाख र एनआईसी एसिया बैंकको तीन करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend