logo

२०८३ साउन १४ बिहिबार

किर्गिजस्तानमा दादुराका बिरामी बढ्दै

किर्गिजस्तानमा दादुराका बिरामी बढ्दै


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.4K
    SHARES

    किर्गिजस्तानमा यस वर्षको सुरुवातदेखि दादुरा र रुबेलाका घटनामा वृद्धि भएको यहाँको स्वास्थ्य मन्त्रालयको प्रेस सेवाले जनाएको छ।
    रिपब्लिकन सेन्टर फर इम्युनोप्रोफिलेक्सिसको तथ्याङ्क अनुसार किर्गिजस्तानमा सन् २०२३ को शुरुदेखि हालसम्म दादुराका ४१ र रुबेलाका ६ वटा घटनाहरू फेला परेका छन्। यसैगरी ओश क्षेत्रमा मात्रै २० वटा घटना दर्ता भएका छन् ।

    उक्त सरुवा रोक वृद्धिको मुख्य कारण बालबालिका र वयस्कहरू दादुरा र रुबेला विरुद्धको नियमित खोपको मात्रामा पूरा गर्न अनिच्छुक रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend