logo

२०८३ साउन १५ शुक्रबार

चेल्सी र लिभरपुल गोलरहित बराबरीमा

चेल्सी र लिभरपुल गोलरहित बराबरीमा


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 988
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।स्टामफोर्ड ब्रिजमा मंगलबार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन । अन्ततः खेल खेल बराबरीमा टुंगियो ।

    यद्दपी, दोस्रो हाफको ५०औं मिनेटमा काई हाभर्टजले गोल गरेको पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० को अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्तत बराबरीमा टुंगियो । यस बराबरीसँगै लिभपुल २८ खेलबाट ४३ अंक जोडेर आठौं स्थानमा  छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend