logo

२०८३ साउन १४ बिहिबार

नेपालमाथि भियतनामको जित

नेपालमाथि भियतनामको जित


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फ्रान्सको पेरिसमा हुने महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालविरुद्ध भियतनामाले ५–१ को गरेको हो ।

    भियतनामलाई जित दिलाउन कप्तान हुयन्ह न्हुले दुई गोल, पाम हाइ येन, न्युयेन थि बिच थुय र एनगुयेन थि थाना न्हाले समान एक गोल गरेका थिए । नेपालकी सावित्रा भन्डारीले एक गोल फर्काएकी थिइन् ।

    खेलको ११औँ मिनेटमा पाम हाइ येनले गरेको गोलबाट भियतनामले अग्रता बनाएको थियो । छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ’सी’ मा छन् । यो समूहमा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि थिए ।

    तर, प्यालेस्टाइन र अफगानिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्रै दोेस्रो चरण प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । यी दुई टिमबीचको अर्को खेल चैन २५ गते हुनेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend