logo

२०८३ असोज ७ बुधबार

यमनको शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आग्रहको इरानद्वारा स्वागत

यमनको शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आग्रहको इरानद्वारा स्वागत


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 910
    SHARES

    संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले युद्धमा नाटकीय रुपमा कमी आएको एक वर्षपछि इरानले यमनमा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि शान्ति प्रक्रियालाई समर्थन गर्न अमेरिकाले गरेको आह्वानको स्वागत गरेको छ ।

    यमन सरकारको प्रमुख विदेशी समर्थक साउदी अरेबियाले गत महिना इरानसँग सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेपछि द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू बढेका छन् ।

    यमनका लागि अमेरिकी विशेष दूत टिमोथी लेन्डरकिङले वासिङ्टन इरानीहरूले यमनी राजनीतिक प्रक्रियाप्रति समर्थन देखाएको हेर्न चाहेको बताए । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राजदूतको फोन वार्तालाई ‘सन्तोषजनक’ भन्दै तेहरानले युद्धको सुरुवातदेखि नै शान्ति प्रक्रियाका लागि प्रयास गरिरहेको बताए । यमन सरकार र इरान समर्थित विद्रोहीबीच संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामको आइतबार पहिलो वर्षगाँठ मनाइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend