logo

२०८३ असोज ७ बुधबार

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

    केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend