logo

२०८३ साउन १५ शुक्रबार

नेप्सेमा ८ अंकको गिरावट

नेप्सेमा ८ अंकको गिरावट


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 975
    SHARES

    काठमाडौं । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार फेरि घटेको छ । बिहीबार नेप्से ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।

    बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता शेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend