logo

२०८३ असोज ७ बुधबार

नेपाललाई थप सहयोग गर्न इयूलाई अर्थमन्त्रीको आग्रह

नेपाललाई थप सहयोग गर्न इयूलाई अर्थमन्त्रीको आग्रह


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन (ईयू)को प्रतिनिधि मण्डलका राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारे छलफल भएको अर्थ मन्त्रालयको जनाएको छ ।

    युरोपियन युनियनले गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई सहयोग उपलब्ध गराइरहेको छ ।
    मन्त्री महतले ऊर्जा, भौतिक र पूर्वाधार निर्माणमा युरोपियन युनियनको सहयोग महत्वपूर्ण रहेको जनाउँदै थप सहयोग गर्न आग्रह गरे । उनले नेपालले पर्यटकीय क्षेत्रको विकास गर्न चाहेको बताउँदै यसलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

    समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष्य मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न युरोपियन युनियन उत्साहित भएको मन्त्री महतको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend