logo

२०८३ साउन १५ शुक्रबार

नेपोली उपाधितर्फ

नेपोली उपाधितर्फ


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ । शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ ।

    शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो ।

    तर बराबरीको अवस्था लामो समयसम्म भने रहन सकेन । ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो ।

    आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ भने नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।

    यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend